नासाले भेटायो नया तथ्यं : चन्द्रमामा भेटिए आइसका टुक्राहरु

काठमाडौं, ५ भदौ—वैज्ञानिकहरुले अनुसन्धान गर्दा चन्द्रमामा आइसका टुक्राहरु फेला परेका छन् । नासाले जनाए अनुसार चन्द्रमाको धु्रवीय क्षेत्रमा पर्ने अध्यांरो र चिसो ठाउहरुमा जमेको पानी फेला परेको छ ।
१० वर्ष अघि भारतले प्रक्षेपण गरेको चन्द्रयान १ नामक अन्तरिक्षयानको डाटाबाट चन्द्रमामा आइसका टुक्राहरु भेटिएको देखाएको हो । आइसका ति टुक्राहरु प्राचिन हुन सक्ने नासाको दावी छ ।
चन्द्रमाको दक्षिणी ध्रुवको लुनर क्रेटरमा थुप्रिएको र उत्तरी ध्रुवमा छरिएर रहेको अवस्थामा आईसका टुक्राहरु रहेका छन्।