आयोगमा अध्यक्ष र सदस्य नियुक्तीको लागि निवदेन आव्हान

 

काठमाडौं, ५ भदौ—संवैधानिक परिषद्ले विभिन्न ८ संवैधानिक आयोग रिक्त अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुुक्ति गर्न प्रक्रिया सुरु गरेको छ । ८ संवैधानिक निकायमा अध्यक्ष सदस्य गरी ४० जना आवश्यक छ ।
निकायका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष र सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको हो । मंगलबार सुचना प्रकाशीत गरि परिषद्ले योग्यता पुगेका उम्मेवारलाई अनलाईनमार्फत नै आवेदन दिन सक्ने व्यवस्था समेत मिलाएकोछ ।
त्यसैगरी आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि अध्यक्ष र ४र४ सदस्य पद खाली छन् । यीमध्ये केही नयाँ हुन भने केही पहिलेदेखि नै क्रियाशील थिए ।