मुलुकी संहिताका कहि व्यवस्था संविधान संग बाझिएको भन्दै सर्वोच्चमा खारेज गर्न रिट

 

काठमाडौं, ४ भदौं—सरकारले शुुक्रबारदेखि लागुु गरेको मुलुकी संहिताका केहि व्यवस्था संविधानसंग बाझिएको भन्दै खारेज गर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेकोछ । अधिवक्ता यज्ञमणी न्यौपानेले प्रधानमन्त्र तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुुन, न्याय तथा संसदीय मामिला मन्त्राय, संघीय संसद् लगायतका विपक्षी बनाई रिट दायर गरेका हुुन् । अधिवक्ता न्यौपानेका अनुसार
रिटमा अनुमति बिना तस्बिर खिच्न नपाउने, भिख माग्न नपाउने, डाक्टरहरुले उपचार गर्दा बिरामीको मृत्यु भएमा सजाय गर्ने लगायतका व्यवस्था संविधानसँग बाझिएकाले खारेज हुनुपर्ने माग गरिएको छ ।