प्रेस स्वतन्त्रताका लागि महासंघले दवावमुुलक कार्यक्रम गर्ने

 

काठमाडौ, ४ भदौ — आचारसंहिता सम्बोधन कायम गर्न पत्रकार महासंघले पहिलो चरणको दवावमुुलक कार्यक्रम गर्ने भएको छ । पहिलो चरण अन्र्तगतको कार्यक्रम अन्तर्गत भदौ १२ गते देखि २२ सम्म सञ्चालन हुने प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
मुलुकी संघियतामा देखिएका असमझदारी हरुको बारेमा छलफल गर्ने, बिभिन्न सञ्चारमाध्यमबाट संहिताको प्रेस स्वतन्त्रताबिरोधी प्राबधानहरुका बिरुद्ध सञ्चार अभियान सञ्चालन गराउने, लगायतका कार्यक्रमहरु रहेका छन् ।

भदौ १२ गतेदेखि २२ गतसम्मका कार्यक्रम को तालिका —

१।  भाद्र १२ गतेसम्म केन्द्र, प्रदेश समिति र जिल्ला शाखाले संहिताका बुँदाहरु संशोधनका लागि महासंघका पूर्वसभापतिरपूर्वअध्यक्ष, सम्पादक, मिडिया सञ्चालक, पत्रकारिता पेशासँग सम्बन्धित विभिन्न संघसंगठन, बार एसोसिएसनसँग सम्बन्धित कानुन व्यवसायीलगायत सरोकारवालासँग वृहत छलफल गर्ने र विभिन्न सञ्चारमाध्यमबाट संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधानहरुका विरुद्ध सञ्चार अभियान चलाउने ।

२।   भाद्र १४ गतेसम्म छलफलबाट प्राप्त सुझावका आधारमा मुलुकी संहितामा देखिएका असहमतिका बुँदाहरु तयार पार्ने ।

३।    भाद्र १६ गते – सबै प्रदेशमा मुलुकी संहिताका असहमतिका बुँदाहरुमाथि प्रदेशस्तरीय वृहत अन्तरक्रिया गर्ने ।
४।    भाद्र २० गते– केन्द्र, प्रदेश र जिल्लामा ज्ञापनपत्र बुझाउने । केन्द्रमा सञ्चार र कानुन मन्त्रालय, प्रदेशमा प्रदेश सरकार र जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने ।
५। भाद्र २१ गते– संघीय संसद्मा रहेका सबै राजनीतिक दल र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाउने ।
६।  भाद्र २२ गते– नयाँबानेश्वरस्थित संघीय संसद् भवन बाहिर सञ्चार साधनहरुसहित सांकेतिक विरोध प्रदर्शन गर्ने ।

साथै, न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि र सरकारी र निजी सञ्चारमाध्यमबाट बिनाकारण निष्कासित पत्रकारको पुनर्वहालीलगायतका मुद्दामा श्रमजीवी हित प्रवद्र्धन समितिमार्फत् सम्बन्धित निकायहरुलाई दबाब दिने ।