पोखराको न्यूरोडमा आगलागी, २५ लाखको धनमाल नष्ट


 

काठमाडौ, ४ भदौ —पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १० लाखको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।