इन्डोनेसियामा शक्तिशाली भूकम्प, २ जनाको मुत्यु

 

काठमाडौ,४ भदौ — इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पमा २ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

लोम्बोक केन्द्रबिन्द भएर गएको ७.० रेक्टर स्केलको भूकम्पले ४६० जनाको मृत्यु भएको दुई सातापछि इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प गएको हो ।