व्यापारीहरूले नियन्त्रणमा अनुगमनको टोली

काठमाडौ,४ भदौ — कालीमाटी तरकारी बजारमा अनुगमनका लागि पुगेको सरकारी टोलीलाई बिचौलिया र व्यापारीहरूले नियन्त्रणमा लिएका छन् ।
सोमबार बिहान ३ बजे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोली तरकारीको मूल्यको विषयमा अनुगमन गर्न कालीमाटी बजार पुगेका थिए ।
अनुगमनको क्रममा धादिङ र काभ्रेबाट बोडी, काउली, फर्सीलगायतका तरकारी बोकेर आएको ट्रकसँग तरकारीको बिल माग्दा अनुगमन टोली र ब्यापारीबीच वादविवाद भएको थियो ।