आफ्नै निवासमा मृत भेटिए पूर्वराजदूत झा

काठमाडौ ४ भदौ —फ्रान्सका लागि नेपाली पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । उनको मृत शरीर चोट लागेको अवस्थामा बबरमहलस्थित आफ्नै घरमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

मृत शरीर नजिकै चक्कु पनि भेटिएकाले हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।