सरकारले जनताको ढाड सेक्ने गरि कर बढाएको भन्दै कांग्रेसको विरोध

काठमाडौं, ३ भदौ—सरकारले नागरिकको ढाड सेक्ने गरि कर बढाएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय सरकार संग समाधानको लागि माग गरेकोछ । कांग्रेसका अनुसार मुल्यवृद्धिले नागरिकमा पीडा थपिएको आरोप लगाएको छ । आइतबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिइएको हो । प्रवक्ता विश्वप्रकाश शर्माले नागरिकको पीडा जति गम्भीर छ, संघीय सरकारको यसप्रतिको उदासनिता अझै बढि देखिएको बताए ।
उनले नागरिकले कर तिर्नुपर्ने भए पनि करको न्यायोचित र व्यवहारिक पक्ष बिर्सन नमिल्ने भन्दै तत्कालै उचित समाधानको पहल गर्न संघीय सरकारलाई सचेत गराएका छन् ।