उपत्यकामा थपियो दैनिक तीन करोड लिटर खानेपानी

 

काठमाडौ, ३ भदौ —उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ। उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
खानेपानी मन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकामा आजैदेखि हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाइन् ।   थपिएको पानीले दैनिक आठ लाख ४० हजार जनता लाभान्वित हुने मन्त्रायले जनाएको छ ।