बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

 
काठमाडौ, ३ भदौ —बीपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ३ मा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।  ना ४ ख ९९९९ नम्बरको बससँग र ज ११ प ५५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका ३ बस्ने ३० वर्षीय नेत्रबहादुर स्माइली मगरको ज्यान गएको हो । मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।