पुल भत्कदाँ पासाङल्हामु राजमार्ग अवरुद्ध

काठमाडौ, ३ भदौ —नुवाकोटको त्रिशूली–बेत्रावती सडक खण्डको विदुर नगरपालिक १ देखि १० जोड्ने पुल आइतबार विहान गेर्खुखोलामा आएको बाढीले भत्किएको छ ।
बाढीको कारण पुलको एकापटि जिप भाँचिएको छ भने अर्कोपटि सडकको १० मिटर कटान गरेको छ। सडक अबरुद्ध भएपछि नुवाकोट र रसुवाको यातायात सेवा सञ्चालन ठप्प भएको छ ।