‘तराई सेन्टिमेन्टल भएको छ’— प्रधानमन्त्री

काठमाडौ,२ भदौ — प्रधानमन्त्री केपी शर्मा ओलीले तराई भावनामा बगेको टिप्पणी गरेका छन्। प्रदेश २ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘तराई सेन्टिमेन्टल भएको’ बताएका हुन्।
‘तराई सेन्टिमेन्टल भएको छ’, प्रधानमन्त्रीले भने, ’हरेक नेपाली, नेपाली नागरिक हुन्। मैले यसअघि पनि विभिन्न ठाउँमा सार्वजनिक ठाउँमा बोलेको थिएँ। सबैले नागरिकता प्रमाणिपत्र पाउँछ।’