पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पद तथा गोपनीयताको शपथ लिदै

एजेन्सी, २ भदौं —पुर्व क्रिकेटर तथा नेता इमरान खानले आज पाकिस्तानका १९ औं प्रधानमन्त्रीमा चयन भए लगत्तै गोपनियताको शपथ लिदै छन् । हिजो भएको निर्वाचनको राष्ट्रिय सभामा खानले बहुमत ल्याएपछि प्रधानमन्त्री चयन भएका हुन् ।
सन् १९९२ को विश्वप बिजेता पाकिस्तानी टोलीका सबै सदस्यलाई कप्तान खानको प्रधानमन्त्रीको सपथ कार्यक्रमा निमन्त्रणा गरिएको थियो । खान २० वर्षदेखि राजनीतिमा सक्रिय छन् । ६५ वर्षे खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधा ल्याउन नया पाकिस्तान बनाउने अठोट जनाएका छन् ।