आजदेखि कलंकी अण्डरपास सञ्चालनमा

काठमाडौं, १ भदौ —चीन सरकारको सहयोगमा निर्माण भएको कलंकीको अण्डरपास सञ्चालनमा आएको छ । साउन १ गतेदेखि नै सञ्चालन गर्ने गरी निर्माण भएको अण्डरपास अन्नत भदौ १ गते देखि सञ्चालनमा आएको हो
चीन सरकारको सहयोगमा निर्मित चक्रपथ सुधार परियोजना अन्तर्गतको यो अन्डरपास नेपालकै पहिलो हो ।  अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ । अन्डरपासको सञ्चालन भएसँगै कलंकीमा हुने घण्टौंको जाम घटेको छ ।

तस्वीर : रासस