प्रदेश २ को प्रदेश सभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौ २, भदौ—प्रदेश २ को प्रदेश सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । शनिबार ११ बजे बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोन गर्ने कार्यतालिका रहेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले बताए ।
प्रदेश संसदीय सचिवालयले यसका लागि सम्पुुर्ण तयारी गरेको छ । सम्बोधनका बेला संसद सचिवालयका अनिवार्य उपस्थित हुुन सांसदहरुलाई सुचना गरिएकोछ यादवले बताए । ७ वटै प्रदेशसभामा सम्बोधन गर्ने योजना अनुसार प्रधानमन्त्रीले आज प्रदेश २ मा सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले विभिन्न प्रदेशमा सम्बोधन गरिसकेका छन् ।