‘वडालाई हिलो र धुुलो मुक्त बनाउँछुु ।’ अध्यक्ष —रामकुमार के.सी

 

काठमाडौ —नेपाली जनताले जनप्रतिनीधि पाएको एक बर्ष पुरा भइसकेको छ । जनप्रतिनीधिले कार्यभार सम्हाले पछि स्थानीय तहमा विकास निर्माण, स्वास्थ्य, शिक्षा र जनचेतनाका सवालमा के के काम भएका छन हामी वुझ्ने प्रयास गरिरहेको छौ । यहि शिलशिलामा काठमाण्डौ महानगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष राम कुमार के.सीलाई भेटेर छोटो कुराकानी गरेका छौ । इमेल खवर संग वडा अध्यक्ष के.सीले गर्नु भएको कुराकानीको सम्पादित अंश ।

आर्थिक बर्ष ०७४–०७५ मा यस वडामा के के काम भए ?

यो आर्थिक बर्षमा हामीले ढल, खानेपानी बत्तिको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्यौ । जस अन्तर्गत यस बडामा ७५ प्रतिशत ढल व्यवस्थापन भएको छ । बाँकी २५ प्रतिशतको लागि पनि टेण्डर परिसकेको छ । बर्षा रोकिन साथ काम पनि सुुरु हुुन्छ । त्यस्तै फलामे पुुल बनेको छ । स्थानीयको सुुरक्षालाई मध्य नजर गर्दै बिभिन्न ठाँउमा सिसि क्यामेरा जडान गरिएको छ ।

सिसि क्यामेराको कुुरा गर्नुुभयो, अहिलेसम्म कुुन कुुन एरियामा जडान भएको छ ? 

नयाँ बानेश्वर देखि पुुरानो बानेश्वर दोबाटोमा, अनामनगरको भाटभटेनीमा र बानेश्वर हाइटमा अहिले जडान गरिएको छ । यो बर्ष भित्र वडाका भित्री भागहरुमा पनि जडान गर्ने लक्ष्य लिएका छौ ।

ढल व्यवस्थापन, सिसि क्यामेरा जडानको लागि कति बजेट खर्च भयो ? 

ढल व्यवस्थापनमा २ करोड खर्च भएको छ । प्राबिधिक कुुरामा भने बिकास बजेटको दश प्रतिशत मात्र खर्च गर्न पाउने हुुँदा जस अन्र्तगत तिस लाख खर्च भएको छ ।

यस वडामा ऐतिहासीक सम्पदाहरुको स्थिति  कस्तो छ ? तिनको संरक्षण वा पुुननिर्माणको काम वडाले गरेको छ कि छैन ? 

हाम्रो यो वडामा ऐतिहासिक, साँस्कृतिक सम्पदाहरुहरु खासै छैनन् । पुरानो बानेश्वरको महादेवथान मन्दिर, कुुमाले धारा, ढुङ्गे धारा लगायत सम्पदाहरुलाई हामीले संरक्षण गरिरहेका छौं ।

तपाइको वडामा नक्सा पास नगरी घरहरु बनिरहेको स्थानीयवासीले वताएका छन । यसमा तपाइको ध्यान किन गएको छैन ?  

हो, नक्सा पास नगरी यस वडामा केहि घरहरु बनिरहेको पाएका छौ । त्यसलाई हामीले तत्काल रोक्ने आदेश दिएका छौ । वडाबाट अनुगमन पनि भइरहेको छ ।

देविनगर र शंखमुुल क्षेत्रमा अव्यवस्थित वस्ती रहेको छ । यसलाई व्यवस्थित गर्न कस्तो पहल भइरहेको छ ?

यो अव्यवस्थित वस्ती पहिले देखि नै रहि आएको छ । यसलाई नियन्त्रण गर्ने, व्यवस्थित गर्ने अधिकार वडालाई हुदैन । यो काम नेपाल सरकारको हो ।

अवको प्राथमिकता रहेका योजनाहरु के के हुुन ?

बर्खा सके लगतै सडकको काम गर्ने योजना छ । खानेपानीको व्यवस्था मिलाउने, हरेक क्षेत्रमा सिसि टिभी जडान गर्ने, ऐतिहासीक, सांस्कृतिक सम्पदाहरु संरक्षण गर्ने, यो बर्ष भित्र कामपा वडा नं १० लाई हिलो र धुुलो मुक्त  बनाउने लक्ष्य रहेको छ ।