आजदेखि मुलुकी अपराध (संहिता) एने २०७४ लागु हुदै : जानि राखौं के गर्दा कानुनी फन्दामा फसिन्छ ?

काठमाडौं, १ भदौ —भदौ १ गते देखि राज्यले मुलुकी अपराध (संहिता) ऐन, २०७४ लागु गरेकोछ ।
जसमा के गर्न हुुने र के हुने । बुदागत रुपमा उल्लेख गरिएकोछ । १९१० सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले ल्याएको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गर्दै भदौ १ गते देखि संहिता लागु भएको हो ।

अपराध संहिता

सार्वजनिक आवागमनमा बाधा पुर्यो ३ वर्षसम्म कैद वा ३० हजार रुपैया सम्म जरिवाना वा दुवै हुने

नभए, नगरेको अफवाह फैलाए १ वर्षसम्म कैद हुन सक्ने

झुटो अभियोग उजुरी दिए जुन अभियोग लगाएको हो, त्यसैको आधासम्म सजाय हुन सक्ने

खाद्य पदार्थमा मिसावट गरे ५ वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना हुने

कमसल वस्तुलाई असल भनी बेचे ३ वर्ष सम्म कैद हुन सक्ने

सार्वजनि ठाँउमा अरुलाई अभद्र व्यवहार गरे १ वर्षसम्म कैद हुन सक्ने

सार्वजनिक स्थलमा अश्लील बोले ६ महिनासम्म कैद वा ५ हनार सम्म जरिवाना वा दुवै

राष्ट्रिय गान, झन्डा र निसान छापको अपमान गरे ३ वर्ष सम्म कैद हुन सक्ने

बालबालिकालाई फकाएर कसुर गर्न लगाए आफैले गरेसरह सजाय

देवानी संहिता
मञ्जुरी नलिई कसैको तस्विर खिच्न नपाइने, निजी जीवनबारे प्रकाशन,  प्रसारण गर्न नपाइने

केटाकेटी दुवैले २० वर्ष नपुुगी विवाह गर्न नपाइने

कुनै पुरुषको शारिरीक सम्पर्कबाट शिशुु जन्मिएको प्रमाणीत भए स्वतः विवाह भएको मानिने

सम्बन्धविच्छेदका लागि पुरुष पनि सिधै अदालत जान सक्ने

मातृत्व वा पितृत्व दुवैका आधारमा सन्तानको पहिचान हुने

गर्भको शिशुु पनि अंशको हकदार हुने

कम्तीमा १४ वर्ष पुुगेको व्यक्तिलाई मात्र उसको मञ्जुरी लिई काममा लगाउन सकिने

कसैलाई पनि दिनमा ८ घन्टाभन्दा बढी काममा लगाउन नहुने