नेपाल प्रहरीमा २७ वरिष्ठ उपरीक्ष सरुवा

 

काठमाडौं, ३१ साउन—नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्ष(एसएसपी) सरुवा भएका छन् । गृहमन्त्रालयले बुुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ठुलो सख्यामा एसएसपीहरुको सरुवा गरेको हो ।
ललितपुर र काठमाडौं प्रहरी प्रमुखहरु फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा बसन्त लामालाई पठाइएको छ । त्यस्तै, रविन्द्र धानुकलाइ भने ललितपुर प्रही परिसको प्रमुख बनाएकोछ । विभिन्न निकायहरुमा बोधार्थ जानकारी दिददै प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको बताएका छन् ।