ट्युसन पढ्दै गर्दौ बम आक्रमण

 

काठमाडौं, ३१ साउन—आत्मघाती बम आक्रमण हुदा अफगानिस्तानको एक ट्युसन सेन्टरमा ४८ जनाको ज्यान गुमेको छ । त्यस्तै, ६७ जना घाइते भएका छन् । राजधानीको काबुलमा रहेको एक टुुयुसन सेन्टरमा विस्फोट भएको थियो ।
सिया मुस्लिमको बाहुल्यता रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ चलिरहेको अफगानी प्रहरीले जनाएकोछ । पढाई चलिरहेको बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको थियो । विद्यार्थीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी चलिरहेको थियो । विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् ।