कैलालीकी सरस्वतीले पाइन दर्नाल अवार्ड

काठमाडौं ३०, साउन—सुदुरपश्चिम जस्तो दुर्गम ठाउमा विभेद विरुद्ध अभियान चाउदै आएकी कैलालीकी सरस्वती नेपालीले यो पटकको दर्नाल अवार्ड पाएकी छन् । उनलाई राजधानीमा बुधबार विशेष कार्यक्रम माझ सामाजिक अभियन्ता एवं पत्रकार सुवाष दर्नालको सम्झनामा स्थापीत दर्नाल अवार्ड प्रदान गरिएको थियो ।
प्रर्दशनीमार्ग स्थित राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम माझ उनलाई सुवाषकी आमा सरिता दर्नालले ५ लाख रुपैयाको पुरस्कार प्रदान गरेकी थिइन् । समता फाउण्डेशन र जागरण मिडिया सेन्टरले अवार्ड दिएको हो । कार्यक्रममा सुवाषले सामाजिक न्यायका लागि अपनाएको पत्रकारीता र समाजसेवाबारे चर्चा पनि गरिएको थियो । कार्यक्रममा सरस्वती सहित सामाजसेवी अरुण सदा, दिलिप गन्धर्व, कलावति भाड, पार्वती कुमारी विसुुंखे र डा. रुप चन्द्र विश्वकर्मालाई सम्मान प्रदान गरिएको थियो । ६ वर्ष पहिले सुवाषको अमेरिकामा सवारी दुर्घटनामा मृत्यु भएको थियो ।