धोवीखोलामा आएको वाढीले घर डुवानमा, वडा अध्यक्ष भन्छन ‘सहयोगमा जुुटेका छौ’

काठमाडौ, ३० साउन —गएराति आएको बर्षाका कारण धोबिखोला बढेर बिजुुलीबजार छेकिदाँ त्यसमाथिको बिजुुलीबजार र देविनगर क्षेत्रका केहि घरहरु डुुवानका परेका छन् । गएराती करिब २ बजे घरघरमा बाढी छिरेपछि त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । बाढीका कारण बिद्यार्थीहरु बिद्यालय जान सकेका छैनन् । एकसरो लुगामा ज्यान बचाउन भागेकाहरुले अर्को लुुगा फेर्न पाएका छैनन् । खाना पकाएर खाने स्थिती छैन । भएको अन्नपात वाढीले भिजाईदिएको छ । बाढीपिडितहरु अव कहाँ बस्ने ? के खाने र ओत काहा लाग्ने ? भन्ने बिषयमा चिन्तित छन् । यी र यस्तै विषयमा कामपा वडा नं १० का वडा अध्यक्ष रामकुमार केसीसँग इमेल खवर ले कुुराकानी गरेको छ । उनीसँँग गरिएको कुराकानीको संक्षिप्त अंश ।

बाढीका कारण बिजुलीबजार र देवीनगर क्षेत्रको अवस्था कस्तो छ ?
त्यस क्षेत्रको जनजिवन अस्तव्यस्त छ । विद्यार्थीका कापी किताव भिजेका छन । अन्नपात विग्रिएको छ । लत्ताकपडा भिजेका छन । अहिले नै वस्ने अवस्था छैन ।

वडाका तर्फबाट बाढीपिडितलाई के सहयोग गर्नु भएको छ ?
गए राति वस्तीमा वाढी पसेपछि यस क्षेत्रको जनजिवन अस्तव्यस्त बनेको छ । करिब १५० घरहरु डुुवानमा परेका छन् । हामी बाढीपिडितको सहयोगका लागि तिब्र गतिमा अघि बढिरहेका छौ ।


ठ्यक्कै भन्नु पर्दा के के सहयोग गर्नु भयो ?
हामीले विहान चिया र विस्कुुटको व्यवस्था गरेका छौ । रेडक्रस सोसाइटीले पनि सहयोग गरिरहेको छ । बस्नका लागि अहिले केहि मात्रामा पानी घटेको छ । अठ्यारो परेमा हामी ओतको लागि सोच्नेछौ ।
यस्तो अवस्था कसरी आयो होला ?

धोबिखोलामा पानीको बहाव बढ्यो । विजुली वजार नजिकै पानी थुनिएर यस्तो अवस्था आयो ।