लोकसेवाबाट हुने पदपूर्ति तीन वर्ष रोक्ने तयारी

काठमाडौ, ३० साउन —स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेको छ । तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा मन्त्रालय लागेको हो ।

मन्त्रालयले पनि केही वर्ष लोकसेवाबाट हुने सबैखाले पदपूर्ति रोक्नेबारे छलफल भएको स्वीकार गरेको छ