विद्यालयमा विषादीयुक्त पानी पिउदा विद्यार्थी बिरामी परे

 

मोरङ, साउन २९—पानी ट्यांकीमा अज्ञात व्यक्तिले विष हालेपछि मोरङको लेटाङ नगरपालिकास्थित जातेमा रहेको एक विद्यालयका विद्यार्थी बिरामी परेका छन् । विषका कारण २० जना विद्यार्थी बिरामी परेका हुन् । स्थानीय श्री माध्यमीक विद्यालयको खानेपानी टयांकीमा हालिएको विष मिसीएको पानी पिउदा विद्यार्थीहरु विरामी परेका हुन् ।
मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको एक विद्यालयको पानी ट्यांकीमा अज्ञात व्यक्तिले हालेको विषादीका कारण बिरामीमध्ये १८ जनाको मंगलबारेस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जाँतेस्थित प्रहरी कार्यालयका असइ हरिनारायण राजबंशीले बताए ।