देशैभरि मलको अभाव, किसान समस्यामा

काठमाडौ, २८ साउन — मल चाहिएकै बेला देशैभरि मलको अभाव भएको छ । कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका छन् । देशैभरि ४ लाख बोरा आवश्यक पर्छ भने अहिले ५० हजार बोरा मात्र उपलब्ध छ ।
रोपाइँलगत्तै देशभरि कम्तीमा २० हजार टन (चार लाख बोरा) युरियाको माग हुन्छ। कम्पनीको मेचीदेखि महाकालीसम्मका कार्यालयमा गरी हाल करिब दुई हजार पाँच सय टन (५० हजार बोरा) मात्रै छ।