विराटनगर महानगरपालिकामा बम विस्फोटमा संलग्न नौ जना पक्राउ

 

काठमाडौ, २८ साउन —आइतबार दिउँसो विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट गराएको आशंका प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका सबैको नाम गोप्य राखिएको छ । राजनीतिक आवद्धता र विगत गोप्य राखेर अनुसन्धान अगाडि बढाइएको मोरङका प्रहरी प्रमुख डीएसपी निशान थापाले जानकारी दिए ।
बम विस्फोट भएको स्थानमा टिनका टुक्रा र धातु बाहेक अन्य केही कागजात फेला परेको छैन । बम विस्फोटबाट मेयरको को १ झ ४९४ नम्बरको गाडी, कार्यालयको झ्यालका सिसा र दराजमा क्षति पुगेको छ ।