सुत्केरीलाई अब ३ महिना विदा

काठमाडौं, २७ साउन—अबदेखि सुत्केरी विदा ९८ दिन हुने भएकोछ । सरकारी, गैरसरकारी र निजी संघसंस्थामा समेत महिलाले सुत्केरी बिदा ९८ दिन पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।
तर, जटिल शल्यक्रिया गर्नु पर्ने भएमा वा विदा अपुुग भएमा चिकित्सकको परामर्श बमोजिम थप एक महिना बिदा समेत लिन पाइने व्यवस्था राखिएकोछ ।
साथै पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन विदा दिने प्रस्ताव पनि गरिएको छ ।