भदौ १ देखि सर्वोच्च अदालतले मुलुकी ऐन कार्यान्वयन गर्ने

काठमाडौ, २५ साउन —सर्वोच्च अदालतले आगामी भदौ १ गते देखि लागू हुने गरी मुलुकी अपराध (संहिता) र मूलुकी देवानी (संहिता) ऐन कार्यान्वयन गर्ने तयारीमा रहेको जनाएको छ । आगामी भदौ १ गते देखि मुलुकी देवानी, मुलुकी अपराध संहिता ऐन सहित मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन, फौजदारी कसूर (सजायँ निर्धारण तथा कार्यान्वयन) ऐन, मुलुकी देवानी कार्य्विधि (संहिता) ऐन कार्यान्वयनमा आउँदै छन् ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले मुलुकी देवानी र अपराध संहिता लगायत कानून कार्यान्वयन गर्नका लागि आवश्यक कानूनको मस्यौदा तयार भइसकेको र एक हप्ता भित्र सम्पूर्ण काम पूरा हुने जानकारी दिए ।