विप्लव नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्मा पक्राउ

 

काठमाडौ, २३ साउन— नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। विश्वकर्मालाई बुधबार थानकोटबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
नेकपा स्रोतले पनि प्रवक्ता विश्वकर्मा पक्राउ परेको पुष्टि गरेको छ। यसबारे केहीबेरमा आधिकारिक धारणा सार्वजनिक गर्ने उसले बताएको छ।