वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको निधन

 

काठमाडौ,२३ साउन — वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको बुधबार बिहानह ह्याघातका कारण निधन भएको छ । आफ्नैै निवासमा सुतेको अवस्थामा बिहान दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए । मिश्रको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ समेत प्रकाशित छ ।    विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका    पिता हुुन

कान्छो छोरा विदेशबाट आएपछि अन्त्येष्टि गरिने बताइएको छ । दिवंगत मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।