अब गाइगोरू मारे तीन वर्ष कैद

काठमाडौ, २३ साउन— भदौ १ बाट नेपालमा गाई, गोरु मार्न वा कुट्न प्रतिवन्ध लगाइएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ मा पशुपंक्षी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट र्पुयाउने नियतले कुनै काम गर्न गराउन बन्देज गरिएको छ ।

कसैको उद्योगले कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने भएको छ । उपदफा ३ मा कसैले गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पारेमा ६ महिना सम्म कैद र अन्य चोट र्पुयाएमा ५० हजार रुपैयाँँ सम्म जरिवाना तोकिएको छ ।