समाज कल्याण परिषदका सदस्यसचिव भट्ट निलम्वित, राईले लिए जिम्मेवारी

काठमाडौं, २३ साउन —समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् ।
महिला, बालबालिका तथा समाजकल्याण परिषदले मंगलबार भट्टलाई निलम्बन गरेर सदस्यसचिवको जिम्मेवारी बीरबहादुर राईलाई दिएको छ । राई मन्त्रालयको सहसचिव हुन् ।
समाजकल्याण परिषदले सदस्य सचिव पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी परेपछि निलम्वित गरेको र त्यसबारे छानबिन भइरहेको बताएको छ ।