उपत्यकाको फोहोर व्यवस्थापन जिम्मा निजीक्षेत्रलाई

काठमाडौ, २३ साउन —उपत्यकाको फोहोरमैला व्यवस्थापन जिम्मा निजीक्षेत्रलाई दिने सहमति भएको छ । काठमाडौं महानगरपालिका परियोजना विकास सम्झौता (पीडीए)का लागि सहमत भएपछि फोहोरमैला व्यवस्थापन निजीक्षेत्रलाई दिन बाटो खुलेको हो ।
संघीय ममिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नेपवेस्टका प्रमुख संगीता श्रेष्ठ र लगानी बोर्डका घनश्याम ओझाको उपस्थितिमा मंगलबार बसेको बैठकमा महानगरपालिकाले ‘पीडीए’का लागि सहमति जनाएको । महानगरका मेयर शाक्यले पीडीएमा सहमति जनाएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा ‘बे्रक थु्र’ भएको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए।

बैठकले फोहोर व्यवस्थापनका लागि मन्त्रीको उपस्थितिमा कार्यदल गठन गरेको छ। नुवाकोटको साविक ककनी गाउँ विकास समितिका सिसडोलमा फोहोर भरिएका कारण विकल्प खोजिने भएको छ। विकल्पका रूपमा श्यामे खोलाको छेउलगायत स्थानको खोजी गरिने भएको छ।