डाक्टर गोविन्द केसी डिस्चार्ज, सहमति कार्यान्यवयन गर्न सरकारलाई आग्रह

२२ साउन, काठमाडौं –  डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि घर फर्कने क्रममा डाक्टर केसीले पत्रकार सम्मेलन गरी साउन १० गते भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

डाक्टर केसीले चिकित्सा शिक्षा विधेयक २०७५ मा सत्तारुढ दल तथा विपक्षी दलका सांसदहरुबाट संशोधन समेत हालिएको भन्दै अनसन टुंग्याउने क्रममा सत्तारुढ दलका नेताहरुले जनाएको प्रतिबद्धता अनुसार चिकित्सा शिक्षा ऐन जारी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

डाक्टर केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि उहाँ मंगलबार डिस्चार्ज हुनु भएको हो ।