८ मुलुकका सैन्य अधिकारी काठमाडौंमा

काठमाडौ — नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा सञ्चालन हुने बहुराष्ट्रिय सञ्चार उपकरण सञ्चालन सम्बन्धि कार्यक्रम (एमसीआईपी) पिई १८ को कार्यक्रम आरम्भ भएको छ ।

भदौ १ सम्म सञ्चालन हुने उक्त अभ्यासमा सहभागी हुन अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इन्डोनेसिया, जापान, मलेसिया, माल्दिभ्स, मंगोलिया, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाईल्याण्ड, टोंगा, भियतनाम र संयुक्त राज्य अमेरिका गरी १८ मुलुकका करिब २ सय ५० बढि प्रतिनिधिहरु सहभागी भएका छन ।
दुई मुलुक पपुआ न्यू गिनी र दक्षिण कोरियाका प्रतिनिधिहरु केही दिनमा आइपुग्ने बताइएको छ । कार्यक्रम एसिया प्यासिफिक कमाण्डले नै नेतृत्व गरेको छ ।