कानुनमन्त्रीले दिए पहिरोपीडितलाई राहत

 

काठमाडौ,२२ साउन —कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जाजरकोटको पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत प्रदान गरेका छन । भेरी नगरपालिका–३ ठाँटीमा गएर उनले राहत उपलब्ध गराएका हुन ।

कानुनमन्त्री भण्डारीले पहिरोपीडित परिवारलाई २५ हजार नगद र खाद्यान्न प्रदान गरेका हुन् ।