कार्यालय खारेज पछि कर्मचारी कामविहीन

काठमाडौ, २२ साउन— नया आर्थिक वर्षदेखि जिल्ला पशुसेवा कार्यालयहरू खारेज भएपछि त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले समायोजन गर्न नसक्दा कामविहीन भएका छन
देशभरका सरकारी कार्यालयका तीन हजारभन्दा बढी कर्मचारीले करिब एक महिनादेखि काम पाएका छैनन । खारजीमा परेका विभाग तथा जिल्ला कार्यलयमा कार्यरत कर्मचारीको समायोजन समयमै हुन नसक्दा सयौँ कर्मचारीहरू कामविहीन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।

सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी १० वटा विभागसहित हरेक जिल्लामा रहेका १८ सरकारी कार्यालय खारेज गरेको थियो । खारेजीमा परेका विभागमा घरेलु तथा साना उद्योग, आपूर्ति व्यवस्था, जल उत्पन्न प्रकोप नियन्त्रण, भू–सूचना, शिक्षा, भू–तथा जलाधार संरक्षण र विभागस्तरीय प्रहरी किताब खाना, विद्यालय शिक्षा किताब खाना, अनौपचारिक शिक्षा केन्द्र र यान्त्रिक तालिम केन्द्र छन् ।
यसैगरी खारेज भएका जिल्ला कार्यालयमा जिल्ला शिक्षा, जनस्वास्थ्य, पशु स्वास्थ्य, वन, भू–संरक्षण, जिल्ला प्राविधिक, जिल्ला खानेपानी, वाणिज्य, बिउविजनलगायत छन् । प्रत्येक जिल्ला कार्यालयमा ४० भन्दा बढी कर्मचारी रहेको मन्त्रालयले जानकारी दियो ।