भक्तपुरमा अपहरणकारीमाथि ‘इन्काउन्टर’, दुईजना मारिए

 

काठमाडौँ, २१ साउन —राजधानीको काँडाघारीबाट अपहरणमा परेका एक बालकलाई छुटाउन पुगेको प्रहरीले अपहरणमा संलग्न टोलीमाथि गोली हानेको छ । बालक अपहरणमा परेपछि खोजीका लागि जु्टेको प्रहरीको इन्काउन्टरमा भक्तपुरको घ्याम्पेडाँडामा दुई युवा मारिएका हुन् ।

प्रहरीले चलाएको गोली लागेर गोपाल तामाङ र अजय तामाङ नामका दुई युवा मारिएका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

सिंहका अनुसार अपहृत बालकको पनि हत्या भएको छ । उनको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सिंहले जानकारी दिए ।