सम्झौता नहुदा उपत्यकाको फोहोर उठाउन समस्या

काठमाडौं, २० साउन—उपत्यकाको फोहोर व्यवस्थापनमा ठुलो समस्या आएकोछ । निजी क्षेत्र आइहाल्ने भन्दै सरकार हाल बांधेर बस्दा उपत्यकाको फोहोर व्यवस्थापनमा ठुलो समस्या आएकोछ । लगानी बोर्डमार्फत नीजि कम्पनीले कहिलेदेखि फोहोर उठाउन सुरु गर्छ भन्ने विषय अझै टुंगो लागेको छैन ।
सम्झौताको मिति तय नहुुदा लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसंग परियोजना विकास सम्झौता गर्ने निर्णय गरिसकेको छ । यसले गर्दा फोहोर व्यवस्थापनमा निजी क्षेत्रको प्रवेश अन्योलमा परेको हो ।