नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता

साउन २१, काठमाडौं – नेदरल्याण्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्ड स्थित लर्डसमा नेपाल नेदरल्यान्ड र एमसिसि क्रीकेट क्लब बिचको त्रिकोणात्मक टी – ट्वान्टी सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

करिब बिहान साठे ९ बजे तिर नेपाली क्रीकेट टोलि जेट एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा अवतरण गरेको थियो ।

युरोप भ्रमणमा मा सम्मलित नेपाली टोलीका युवा खेलाडी सन्दीप लामिछाने बाहेक अन्य स्वदेश फिर्ता भएका छ्न । सन्दिप यहि आउदो अगस्ट ८ तारिखबाट हुन लागेको क्यारेबियन प्रिमियर लिग( सिपिएल ) खेल्न नेदरल्याण्ड बाटै वेष्ट इण्डिज गएका छन् ।

जिम्बाबे मा भएको बिश्वकप छ्नोट प्रतियोगिता बाट उत्कृष्ट हुदै नेपाल ले सन २०२२ सम्म का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपाल ले नेदरल्यान्डसगँ पहिलो एकदिवसीय खेल खेल्यो । २ खेलको एतिहासिक सिरिज नेपाल ले १/१ को बराबरी मा सकिएको थियो ।