कविता बनिन् नेपालकै पहिलो डान्सिङ सुपरस्टार

 

काठमाडौ, २० साउन— कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार भएकी छन् । बुगीवुगी डान्सिङ्ग रियालिटी सोमा कविता नेपाली डान्सिङ्ग सुपरस्टार बनेकी छन् ।
एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन । उपाधिसँगै उनले नगद २५ लाख पनि जितिन् ।

फ्रस्ट रनरअप प्रगती पुन बनिन् भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । प्रगतिले ६ लाख जितेकी छिन् भने सरोजले चार लाख नगद पाएका छन् ।
त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्। अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो।