तपाइको राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस् !

 

आज २०७५ साल साउन १८ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट ३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । श्रावण कृष्णपक्ष। तिथि– षष्ठी, ७:४१ बजेउप्रान्त सप्तमी। नक्षत्र– रेवती, ११:१५ बजेउप्रान्त अश्विनी। योग– धृति, १२:०३ बजेउप्रान्त शूल। करण– वणिज, ७:४१ बजेदेखि भद्रा, १९:३२ बजेउप्रान्त वव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– मीन, ११:१५ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ५:२८ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३३ घडी २४ पला। पञ्चक ११:१५ बजे समाप्ति।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पङ्क्तिमा आउन सकिनेछ दुख सुखमा साथ दिनेहरू प्रश स्त भेटिनेछन् ।

वृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा)  सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रोजन पावरको लगानी फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाई कै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबिच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले कार्य क्षेत्रमा अरूको नकारात्मक टिका टिप्पणीले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरू हाबी हुनेछन् । व्यापारमा मन्दी आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रह योग रहेको छ सचेत रहनुहोला । मध्यान्हबाटद समय राम्रो रहेकोले कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तीरको यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रह योग रहेको छ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वस्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेको छ । शत्रुहरूले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईँको कामबाट अरूले फाइदा लिन खोज्नेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले लामो दुरीको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक बस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाई कै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सर्जन गर्नेहरू सक्रिय रहनेछन् । पढाई लेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागि हुनेछ । पढाई लेखाइकै सन्द्रर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरीमा पदोन्नति हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागिर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रह योग रहेको छ । मध्यान्हबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा सहभागी हुँनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ । मध्यान्हबाट समय मध्यम रहेकोले व्यापारमा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । दाजुभाइ सँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। मध्यान्हबाट समय तपाई कै पक्षमा आउने हुनाले माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । साना तिना समस्या देखिए पनि लगनशीलता भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रह योग रहेको छ ।