आज दिनभर मौसममा बदली, राति ठूलो पानी पर्ने

१८ साउन,काठमाडौं – शुक्रबार देशभरी कै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । दिउँसो हल्का पानी परे पनि राति भने केहि ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनमा सामान्यतया दिउँसोको भन्दा राती धेरै पानी पर्ने गर्छ । बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भई धेरै ठाउँमा पानी पर्नु नै मनसुनको विशेषता भएको मौसमविद्ले बताएका छन् ।

यस्तै अबको तीन दिन देशका प्रमुख नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । तर कोशीसँगै बागमती, कमला, पश्चिम राप्तीको तटीय क्षेत्रमा पानीको बहाव सतर्कता आसपास पुग्न सक्ने भएकाले सतर्कता भने अपनाउन शाखाको सुझाव छ ।