गठन भए संसदीय समिति

काठमाडौ, १८ साउन —संघीय संसद्का दुइवटै सभा सञ्चालनमा आएको पाँच महिनापछि बल्ल संसदीय समितिहरु गठन भएका छन । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहिबार बसेका वैठकले समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेका छन । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ वटा बिषयगत समिति रहेका छन ।
कांग्रेसले मंगलबार कुन समितिमा कसलाई राख्ने भन्ने नाम सिफारिस गरेपछि बिहिबारको वैठकबाट सभामुुख कृष्णबहादुर महराले राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बिषयगत समितिमा रहने सदस्यको नाम मनोनयका लागि सदनमा प्रसताव राखेका थिए । दुवै सभाका वैठकले प्रस्तावित नाम अनुुमोदन गरेपछि समिति गठन भएका हुुन ।
प्रतिनिधिसभाका १० वटा समितिमा न्युुनतम २३ र बढीमा २७ सदस्य छन । संसद् सचिवालयका अनुशार अर्थ समितिमा २५, अन्तराष्ट्रिय सम्बन्ध समितिमा २५, अन्तराष्ट्रिय सम्बन्ध समितिमा २५, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोतmा हित समितिमा २४, कानुुन न्याय तथा मानव अधिकार समितिमा २३, कृषि सहकारी तथा प्राकृतिक सो्रत समितिमा २५, महिला तथा सामाजिक समितिमा २४,राज्य व्यवस्था तथा सुुशासन समितिमा २६, विकास तथा प्रविधि समितिमा २७ जना रहेका छन । शिक्षा तथा स्वास्थ्य समितिमा २४, सार्वजनिक लेखा समितिमा २४, सार्वजनिक लेखा समितिमा २७ सदस्यीय रहेका छन । त्यस्तै राष्ट्रिय सभाका चारवटा बिषयगत समितिले पनि पुर्णता पाएका छन । दिगो विकास तथा सुशासन समितिमा १४,बिधायन व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा १३, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा १४ सदस्य छन ।