उर्जा, जलस्रोत मन्त्री पुनले आजबाट जनताको प्रत्यक्ष गुनासो सुन्ने

 

काठमाडौं, १८ साउन—उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले आजबाट जनताका गुनासा प्रत्यक्ष सुन्ने समाधान निकाल्ने भएका छन् । हटलाइमार्फत उपझोक्तासंग प्रत्यक्ष कुराकानी गर्ने भएका हुन् ।

मन्त्रालय र मातहतका नेपाल विद्युत प्राविधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर सेवालाई प्रभावकारी बनाउन कार्यक्रम सुरु गर्न लागेका हन् ।
मन्त्री पुनसँग हटलाइन नम्बर ११५१ र ०१–४२००६४१ र ४२ मा मध्यान्न १२ देखि एक घण्टा कुराकानी गर्न सकिनेछ । जनसरोकारका ती गुनासा सम्बोधनका लागि तत्काल पहल हुने मन्त्री पुनको भनाई छ ।