श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गयो

१७ साउन ,दोलखा – जिरी नगरपालिकामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु गएको छ । दोलखाको जिरी नगरपालिका वडा नं. ३ माली बस्ने  ५५ वर्षीया नाङगेल शेर्पाको मृत्यु भएको हो ।

आज बिहान १० बजे  श्रीमान–श्रीमतीबीचमा घरायसी विवाद हुँदा ५५ वर्षीया आङलुङ शेर्पाले श्रीमान नाङ्गेल शेर्पालाई नाकमा प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

आङलुङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।