पहिरोले बेनी— जोमसोम सडक खण्ड अबरुद्ध

म्याग्दी, १७ साउन—यतिबेला बेनी—जोमसोम सडकको विभिन्न खण्ड पहिरोको कारण अवरुद्ध भएकोछ ।
साँघुरो सडकमा सवारी जाम हुँदा स्काभेटर, डोजरसमेतका पहिरो पन्छ्याउने उपकरण लैजान समस्या भएको र पहिरोग्रस्त क्षेत्रमा सवारी जाम हुँदा यात्रु थप जोखिममा पर्ने भन्दै प्रहरीले मुस्ताङ्गतर्फ हिंडेका गाडीलाई बेनीमा र मुस्ताङ्गबाट तल झर्ने गाडीलाई दानामा रोकेको छ ।
यातायात अबरुद्ध हुदा यात्रु मर्कामा परेका छन् । रघुगंगा गाउपालिका २ बैंसरी र अन्नपुर्ण गाउपालिका ३ दानाको गुईठेमा माथिबाट पहिरो खस्नेक्रममा नरोकिएकाले खडक खुल्न गाह्रो भएको हो ।