सगरमाथा सिमेन्ट उद्द्योग गुणस्तर नभएको भन्दै जिल्ला प्रशासनले कायरवाही सुरु गर्यो

काठमाडौं, १७ साउन—गुलरिया छ स्थित सगरमाथा सिमेन्ट उद्द्योगद्धार उत्पादित हुने सिमेन्ट गुणस्तर नभएको भन्दै जिल्ला प्रशासन कार्यालय, बर्दियाले कालोबजार तथा केहि सामाजिक अपराध ऐन अन्तगर्त कारबाही प्रक्रिया अगाडि बढाएकोछ ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गका अनुसार विजय टेडर्सबाट सगरमाथा सिमेन्ट नेपाल गुणस्तर तथा तौल विभाग, बालाजु काठमाडौबाट गुणस्तर नभएको प्रमाणित भएको जनाएकोछ । प्रतिवेदन प्राप्त भएपछि कारबाही प्रक्रिया अघि बढाउन लागेको रामबहादुरले बताए ।