कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

काठमाडौ, १७ साउन—राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्न लागेको छ । नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बोर्डले जनाएको छ ।
सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए।
यो वर्ष पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ।