पत्रकार थपलियाको चिकित्सक लापरवाहिका कारण मृत्यु भएको परिवारको दावी

काठमाडौं, १७ साउन—पत्रकार यादव थपलियाको चिकित्सकहरुको लापरवाहिले मृत्यु भएको भन्दै उनको परिवारले अस्पताल विरुद्ध उजुरी हालेकोछ ।
श्रीमानलाई जे रोग लागेर मृत्यु भएको बताइएको थियो त्यो रिपोर्टमा नदेखिएको उनले सुनाइन् । त्यस्तै, पटक पटक अस्पतालले विभिन्न रोग लागेको बताएपछि केहि गडबड भएको उनले अनुमान लगाएकी थिइन् ।
चिकित्सकहरुको लापरबाहीले थपलियाको मृत्यु भएको भन्दै उनकी श्रीमति गंगा खतिवडाले छानविनको मागसहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएकी हुन् ।